आजको पञ्चाङ्ग इन्फो
वि.सं. भदौ ०३, २०७९ । ई.सं. १९ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । शुक्रबार भाद्र कृष्णपक्ष । तिथि- अष्टमी, २५:१० बजे उप्रान्त नवमी । नक्षत्र- कृत्तिका, २८:५९ बजे उप्रान्त रोहिणी । योग- ध्रुव, २५:०६ बजे उप्रान्त व्याघात । करण- वालव १२:४१ बजेदेखि कौलव, २५:१० बजे उप्रान्त वणिज । चन्द्रराशि मेष । आनन्दादि योग छत्र । दिनमान ३२।३० । सूर्योदय ५:३६ । सूर्यास्त १८:३७ । अष्टमीव्रत, श्रीकृष्णजन्माष्टमीव्रत, मोहरात्री, मन्वादी, गोरखकालीपूजा ।
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको इन्फो :-
- ०४ गते : श्री कृष्ण रथयात्रा (देशका विभिन्न कृष्णमन्दिरमा राधाकृष्ण रथयात्रा), पाल्पा तानसेन नारायणी, रणउजिरेश्वरी भगवती यात्रा, डोटी सिलगढी मष्ट जाँत, गुँगा नवमी, ललितपुरमा भीम यात्रा, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र
- ०५ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र
- ०६ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शिलान्यास (सामान्य), द्रव्यप्रयोग, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराण श्रवण, कलशचक्र