इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज मंसिर २४ गते शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर २४ गते शुक्रबार इश्वी सन २०२१ डिसेम्बर १० तारीख मार्गशीर्ष शुक्लपक्ष सप्तमी तिथी शतभिषा नक्षत्र हर्षण योग गर करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा सौम्य योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु विश्व मानव अधिकार दिवस ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - आजको दिन अनेक प्रकारका उन्नती तथा प्रगति हुनसक्छ। कुनै पनि धार्मिक कार्य तथा सभासमारोहमा सहभागी भईएला,मनमा शान्ति प्राप्त हुनाले शुभ कार्य गरिएला। वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - मित्रहरूसँग रमाइलो भेटघाटले आजको दिन सुखसाथ बित्ला, नाँचगान तथा बैवाहिक कार्यहरुमा सहभागी भईएला, विभिन्न प्रकारका आभुषण प्राप्त हुनसक्छ , पुजापाठ वा धार्मिक कार्यमा सहभागी भईएला। मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - ठेक्कापट्टा तथा चिठ्ठाबाट लाभ होला, आजको दिन तपाईंको बोलिको प्रभावबाट बिग्रेका कामहरू बढ्लान, क्रय तथा बिक्रयमा नयाँ सम्झौता हुनसक्छ। कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - पुजा आराधना तथा देवालयमा समय बित्नेछ, मान,सम्मान ,प्रतिष्ठा तथा कार्यकुशलतामा वृद्धि होला, आकस्मिक लाभका कारण मन प्रसन्न रहला। सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - परिवारमा नयाँ सदस्यको आगमनले गर्दा घर परिवारमा रमाइलो हुनेछ, तर मध्यान्ह पछि भने कुनैपनी स्थानको व्यर्थपुर्ण यात्रा होला, होशियारि अपनाउनु होला। कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - आजको दिन दाजुभाइ तथा बन्धुबान्धवहरुबाट सुख प्राप्त हुनेछ। आफ्नो पराक्रमको कारणले उन्नति तथा प्रगति होला, कुनै उच्च पदस्थ व्यक्तिसँगको भेटले मनमा उत्साह आउनेछ। तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - तपाईंको कार्य कुशलता तथा नेतृत्व क्षमता बढ्नेछ, कुनै पनि निर्माण सम्बन्धि कार्यहरू शुभ होला, तर दिउँसोबाट भने स्वासप्रस्वास सम्बन्धि समस्या आउनसक्छ। वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - आजको दिन नयाँ नयाँ ज्ञान तथा शिक्षा प्राप्त हुने समय आएको छ, कुनै लेखन तथा साहित्यिक कार्यमा मन जाला, धेरै समयपछि पुत्र तथा सन्तानको आगमनले परिवारमा खुसियाली छाउला। धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - आजको दिन तपाईंलाई मध्यम रहनेछ, चोटपटक तथा घाउ खटिरा हुनसक्छ, चोरको भय हुने हुँदा कुनै मालसामानहरु हराउन सक्छ।तर पनि दिउँसोबाट समय अनुकुल रहला। मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - आजको दिन कुनै पनि व्यक्तिले फसाउन सक्ला, दुर्जन व्यक्तिहरुको संगतले गर्दा मान, प्रतिष्ठामा आँच आउनसक्छ, काम शक्ति कमजोर हुनाले लज्जित हुनुपर्ला। कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - भुमिगत सम्पत्ति प्राप्ति तथा चिठ्ठाबाट लाभ होला, वैदेशिक यात्राहरुको पनि अवसर आउनसक्छ, पशु तथा चौपायाको भय रहला, सावधानी अपनाउनु होला। मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - आजको दिन तपाईलाई भाग्योदय होला, लक्ष्मी प्राप्त तथा परिवारजनको साथ र सहयोग पाईएला, कुनै पनि स्थानको जलयात्रा तथा रमणीय भ्रमण होला।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी