इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज यी तीन प्रदेशमा अत्यधिक भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

हेटौँडा | देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा आइतबार (असार ८) को मौसम अझ बढी जोखिमपूर्ण बन्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार, विशेषगरी वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। दिउँसोदेखि नै देशका अधिकांश पहाडी क्षेत्र, विशेषगरी कोसी प्रदेशको पहाडी भूभाग, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।

यस्तै, देशका उच्च पहाडी र हिमाली भूभागमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातीपनि मौसमको त्यही धारणा कायमै रहने पूर्वानुमान गरिएको छ। कोसी, मधेस र वाग्मती प्रदेशमा राति अत्यधिक भारी वर्षाको चेतावनी दिइएको छ, भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले निरन्तर वर्षाले पहिरो, बाढी र अवरोधजन्य घटनाको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। मौसममा हुने तीव्र परिवर्तनलाई मध्यनजर गर्दै नदी किनारका बासिन्दा, यात्रु, किसान र स्थानीय निकायहरूलाई सचेत रहन र आवश्यक पूर्वतयारी गर्न समेत आग्रह गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क