इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज यी २ प्रदेशमा सार्बजनिक बिदा

काठमाडौं: आज मधेश प्रदेश र कर्णाली प्रदेशमा सार्बजनिक बिदा छ । भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा मधेस र कर्णाली  प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । मदेश पदेश सरकारद्वारा प्रकाशित राजपत्र अनुसार चैत्र १६ गते बिहीबार प्रदेशभर सार्वजनिक विदा दिइएको छ । त्यस्तै कर्णाली पदेश सरकारले भने आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८  चैत १९ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । रामनवमी जनकपुरधामसहित देशैभर धुमधामका साथ मनाइन्छ । अघिल्लो वर्ष रामनवमीको अवसरमा केन्द्रीय सरकारले पनि सार्वजनिक विदा दिएको थियो । तर, यसवर्ष हालसम्म सरकारले विदा दिने निर्णय भएको छैन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क