इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज वर्षकै सबैभन्दा लामो दिन

काठमाडौँ- ७ असार २०७९, मंगलबार, २१ जुन २०२२ । असार कृष्णपक्ष अष्टमी, आज विश्व योग दिवस, विश्वसंगीत दिवस हो । उत्तरभाद्रपदा नक्षत्र, आयुष्मान योग, बालब करण, चन्द्रमा मीन राशिमा छ । आज १०:२१ देखि १२:०५ बजेसम्मको समय लाभ समय रहेको छ । आज वर्षको सबैभन्दा लामो दिन हो । आज १३ घण्टा ४५ मिनेटको दिन हुनेछ । रातिको समय १० घण्टा १५ मिनेट मात्र हुनेछ । सूर्य दक्षिणायन शुरु हुने दिन हो । सूर्य कंकट राशिमा प्रवेश गर्दछ । आजको दिन शुभ मानिन्छ । आजबाट बर्षा ऋतु सुरु भएको मानिन्छ । आज बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ । आजका देवता चन्द्रमा ग्रहदेव केतु हुन् । कार्ययोजना सफल हुनेछ । मंगलबार समय मिलाएर गणेशको प्रार्थना, गणेश मन्दिर यात्रा र हनुमानको दर्शन, हनुमान चालिसा पाठ गर्दा मनमा प्रसन्नता छाउने छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क