इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज हुनमानको आराधना गर्नु राम्रो, तपाईँकाे राशिफल थाहा पाउनुहाेस्

आजको पात्रो : ७ मंसिर, मंगलबार । तद्अनुसार २३ नाेभेम्बर, २०२१ । आज सूर्योदय बिहान ६ः३१ मा र सूर्यास्त साँझ ५ः१० मिनेटमा हुनेछ ।मार्गशीर्ष कृष्णपक्ष चतुर्थी आजको दिनलाई मंगलचौथी पनि भनिन्छ । चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र र साध्य योग रहेको छ । आजका देवता सावित्री हुन भने ग्रहदेव शुक्र हुन । मंगलबारको दिन पारिवारिक काम गरेमा शुभ हुन्छ । आजको शुभ समय बिहान ११ः३० देखि १२ः१२ सम्म रहेको छ । त्यस समयमा कुनै नयाँ काम गर्नसक्नुहुनेछ । मंगलबारको दिन बिहान गणेश मन्दिर जाने र हुनमानको आराधना गर्नु राम्रो मानिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राहुकालमा शुभ कार्य बर्जित रहेको छ । अभिजित मुहूर्तको समयमा नयाँ र शुभकार्य गर्न सकिन्छ । आजको देवता सावित्री र ग्रहदेव शुक्र रहेको छ । सोमबारका दिन चलायमान कारोबारका लागि शुभ मानिन्छ।आजको राशिफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  मेष राशि भएका जातका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक  हानी हुने देखिन्छ । आजको दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला । अनावश्यक सामान खरिद नगर्नुहोला । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  अध्ययन अनुसन्धानमा कम रुचि र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन  निकै शुभ छ । चन्द्रमाको साथ रहेको छ । व्यापामा रहेका साझेदारसँग फाइदा हुनेछ । तपाईँले सोचअनुसारको कुनै पनि काम गर्न सक्नुहुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईँको गर्ने काममा सफलता मिल्नेछ । त्यसैले नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ । कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । विगतमा तपाईँप्रति विरोध गर्नेले तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ।   सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा राम्रो हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । तपाईँले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईँले केही बाल कन्यालाई फलफूल उपहार दिनुभयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  आजको दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला । वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  व्यापारबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा परिवारकाका सदस्यलाई  जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईँको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  :  तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईँलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईँलाई सकारात्मक उर्जा भरिने छ । मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। व्यापारमा सफलता मिल्नेछ । आर्थिक कारोबार गर्दा विचार पुर्‍याउनु होला । मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ । सात सातासम्म रहेक मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईँको ग्रहदोष कम हुँदै जानेछ । कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  नयाँ, काम र यात्रा गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला ।  स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईँले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन तपाईँले गर्न खोज्नुभएको काममा सफलता मिल्नेछ । बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ ।अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ । तपाईले जे काम गरिरहनु भएको छ । त्यही कामबाट तपाईले सफलता प्राप्त गर्नुहुनेछ । साँझको समयमा शिवालय जानु तपाईको लागि उत्तम हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी