इन्फो नेपाल — सञ्चारको सञ्जाल

आठ वर्षअघिको ‘ब्यूटी पेजेन्ट’ घटना : बलात्कार आरोपी मनोज पाण्डे स्वयम्भूबाट पक्राउ

काठमाडौं । आठ वर्षअघि (२०१४) को मिस इन्टरनेसनल ग्लोबल नेपाल प्रतियोगितामा सहभागी भएकी युवतीलाई बलात्कार गरेको अभियोगमा आरोपी मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धानबाट खटिएको टोलीले पाण्डेलाई शनिबार स्वयम्भूबाट पक्राउ गरेको हो । पाण्डेमाथि होटलमा बोलाएर बलात्कार गरेको पीडित युवतीले टिकटक भिडियोमार्फत भनेकी छन् । उनले २० वटा भिडियो बनाइ आफूमाथि यौनहिंसा गर्ने पाण्डेलाई कारबाही गर्न पनि माग गरेकी छन् । ती युवतीले पाण्डेले बलात्कारपछि पीडितको तस्वीर र भिडियो खिचेर ब्ल्याकमेल गर्दै त्यसपछि पनि जबरजस्ती करणी गरेको भनेकी छन् । पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क