इन्फो नेपाल — सञ्चारको सञ्जाल

आधुनिक कृषि औजार वितरणः भोजपुरका कृषकलाई सहज हुने

भोजपुर । अरुण गाउँपालिका-५ याकुस्थित सित्तला ग्रामीण उन्नत कृषि समूहका कृषकहरूलाई कृषी औजार वितरण गरिएको छ। वडा कार्यालयको समन्वयमा कृषि ज्ञान केन्द्र भोजपुरले यी कृषकहरूलाई कृषि औजार उपलब्ध गराएको हो। कृषि ज्ञान केन्द्र भोजपुरको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व्यवसायीक उत्पादन केन्द्रको मकै खेती विकास कार्यक्रमले स्थानीय कृषकहरूलाई ८ वटा मिनी टिलर, १६ वटा कम्बाइन मिल, ५ वटा मकै छोड्ने मेसिन, १ सय २० वटा मकै सुकाउने त्रिपाल, १ वटा ब्रस कटर, ४ वटा डिजिटल काटा र ७ वटा स्प्रेयर लगायतका कृषि औजार वितरण गरिएको छ। यसमा कृषि ज्ञान केन्द्र भोजपुरले रु १५ लाख अनुदान दिएको छ भने कृषकहरूले रु ६ लाख ४१ हजार ७ सय ८० गरी कुल रु २१ लाख ४१ हजार ७ सय ८० मा उक्त कृषि सामग्रीहरू खरिद गरिएको वडाध्यक्ष युवराज ढकालले बताए। उक्त सामग्रीहरूको प्रयोगबाट स्थानीय कृषकले २ हजार रोपनी क्षेत्रफलमा आधुनिक कृषि गर्ने छन्। यसले वडाका अग्रज तथा कृषिप्रति उत्साहित कृषकहरूलाई प्रेरित पनि गर्नेछ। "यस आर्थिक वर्षमा हामीले अरुण गाउँपालिका-५ याकुका कृषकहरूलाई यस्तो सहयोग गरेका छौं। यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर सञ्चालन हुनेछ," ढकालले भने। यसअघि गोरुको भरमा हुने परम्परागत खेती अब आधुनिक कृषि उपकरणको माध्यमबाट हुने भएकोले कृषिमा लागत कम हुनुका साथै आम्दानी बढ्ने स्थानीय कृषक हरिविष्णु पोखरेलले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क