इन्फो नेपाल — सञ्चारको सञ्जाल

आमचुनाव : प्रहरीले माग्यो २६ सय हतियार, १ लाख २० हजार म्यादी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सरकारसँग एक लाख २० हजार म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार केही दिनअघि गृह मन्त्रालयलाई त्यसबारे प्रस्ताव पठाइएको छ । यसअघि स्थानीय निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी माग गरेकामा सरकारले एक लाख मात्र नियुक्त गर्ने निर्णय गरेको थियो । प्रहरी महानिरीक्षक (आईजीपी)ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान केन्द्रको संख्या बढ्न सक्ने भन्दै म्यादी प्रहरीको संख्या पनि बढी आवश्यक पर्ने गत साता आयोजित पत्रकार सम्मेलनमा बताएका थिए । ‘अर्थ मन्त्रालयले यस पटक पनि हामीले प्रस्ताव गरेको संख्यामा आनाकानी गरिरहेको भन्ने कुरा सुनिएको छ तर पर्याप्त जनशक्ति नहुँदा निर्वाचन सुरक्षामा समस्या आउन सक्छ भन्ने कुरा बुझ्नु पर्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने । मतदानका बेला मतदान स्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन् । मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी संयुक्त रूपमा परिचालन गर्ने गरिएको छ । यसै गरी प्रहरी प्रधान कार्यालयले सरकारसँग २६ सय हतियार माग गरेको छ । निर्वाचन सुरक्षाका लागि २६ सय हतियार अपुग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यसबारे सरकारलाई जानकारी गराएको हो । यसअघि स्थानीय निर्वाचनका बेला नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेर निर्वाचन सुरक्षा गरेको थियो । नेपाल प्रहरीले नेपाली सेनासँग २ हजार थान हतियार माग गरेकामा एक हजार थान मात्र उपलब्ध गराएको थियो । यस पटक पनि सेनासँग मागेर निर्वाचन सुरक्षा गर्ने तयारी नेपाल प्रहरीको छ । ‘सरकारलाई जानकारी गराए पनि त्यो अहिले आपूर्ति हुन छाँटकाँट देखिएको छैन। हामीले नेपाली सेनासँग मागेर काम चलाउने हो’, प्रहरी प्रधान कार्यालयका ती अधिकारी भन्छन् । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाका लागि १४ सय वटा साना ठुला गाडी माग गरेको छ ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क