इन्फो नेपाल — सञ्चारको सञ्जाल

आमा हराएको नाटक रच्दै आमाको ह'त्या गरि जंगलमा लगेर ज’लाएको पुष्टी

पथरी । धनप्रतिको लोभ अनि नि’च सोच र क्रु’र मानसिकताले मानिसको दिमागमा जरा गा’डेपछि मान्छेले जस्तोसुकै अ’पराध गर्न पनि पछि पर्दैन भन्ने उदाहरण मोरङको पथरीशनिश्चरेमा घटेको एउटा घटनाले देखाएको छ । गत माघ १२ गते देखी आफ्नै घरबाट बेपत्ता बनेकी मोरङ पथरीशनिश्चरे-२ की ९० बर्षीय जगमाया श्रेष्ठ बेपत्ता भएको ६ दिन पछि आफ्नै छोराले घरमै ह,’त्या गरी जंगलमा लगेर ज’लाएको घटना पुष्टी हुदा आफन्त र गाउनै त्र’सित बनेको छ । जग्गा सम्बन्धिको मुद्धामा अदालतले आफनी ९० बर्षिया आमालाई पाँच कठ्ठा जग्गा दिनुपर्ने फैसाल सुनाएपछि रि’सको आ’वेगमा मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठले आमाको ह,’त्या गरी श’व ज’लाएको पुष्टि भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मृ’तक जगमायाकी बुहारी गिता श्रेष्ठका अनुसार कान्छो छोरा कमल श्रेष्ठसग बस्दै आएकी सासुआमा सवेरै विहान उठेर दैनिक जसो मर्निङवाकमा जाने गर्थिन, उनको यो दैनिकी नै थियो । पारिवारिक कलहका कारण कमल श्रेष्ठको भने आफ्ना दाजुभाइकोमा बोलचाल र आउजानै बन्द थियो । तर १३ गते विहिवार विहान जयमायाका दाजुको मृ’त्युको खवर आएपछि म’लामी जाने क्रममा आमाको खोजीहुदा आमा मर्निङवाकमा गएको भनेर कमल आफैले आएर जानकारी दिएको उनी बताउछिन् ।आफ्नै दाजुको मलामिमा दिदि जगमाया नपुगेपछि परिवारमिलेर आमाको खोजीगर्दा आमा बेपत्ता भएको भनि इलाका प्रहरी कार्यालय पथरीमा माघ १४ गते निवेदन परेको थियो । निवेदन दार्ता गर्दा सम्म कमल श्रेष्ठले आफुलाई ४ दिनको म्याद दिए आमा खोजेर दा’खिाला गर्ने बचन दिएका थिए ।तर यस विचमा उनले आमालाई खोजेर दा’खिला गर्न सकेनन् । यता प्रहरीले जगमाया माघ १२ गते देखी घरैबाट एक्कासी ह’राएपछी उनको ह,’त्या भएको हुनसक्ने बाहिरी कुराको सु’इँको पाइसकेको थियो । प्रहरीमा यस्तो सुचना पुगेपछि प्रहरीले जगमायाको खोजी गर्दै कमल श्रेष्ठमाथी शुक्ष्म रुपले अनुसन्धान गरिरहेको थियो ।अनुसन्धानका क्रममा प्रहरीले माघ १२ गते विहान झिसमिसेमा कमल श्रेष्ठ जगलबाट फर्किदै गरेको देख्ने केही व्याक्ति समपर्कमा आएपछि कमल र सो व्याक्तिहरुको प्रत्यक्ष उपस्थितीमा वयान लिदा कमलले आमाको ह,’त्या गरी जंगलमा लगेर ज’लाएको स्विकार गरेको प्रहरीले जनाएको छ । उनले ब’यानका क्रममा आफुले आमालाई घरमै घाँटी थि’चेर मारेको र वि’स्कुन सु’काउने त्रिपालमा बेरी साइकलमा राखेर हरियाली सामुदायिक वनको समाधीघा’टमा लगेर ज’लाएको वयान दिएको इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी कृष्ण खड्काले बताए । घटना पश्चात श्रेष्ठको नि’च सोचका कारण आफुहरु पनि अ’सुरक्षित रहेको भन्दै उनका आफ्न्तहरुले उनलाई क’डा का’नुनी कार्वाहीको माग गर्दै ह,’त्यामा स’मलग्नको परिवार बाट आफुहरु पनि असुरक्षित रहेको मृ’तककी बुहारी गिता श्रेष्ठको माग रहेको छ । यस्तै मृ’तक जगमायाकी नातिनी सविना श्रेष्ठका अनुसार पक्राउ परेका श्रेष्ठले यसअघि बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको र सो बिषयमा आमा लगायत अन्य भाईहरुले थाहा पाएपछि अदालतमा मु’द्धा परेको बताइन् । सोही ई’खका कारण उनले हजुरआमाको ह,’त्या गरेको हुन सक्ने बताइन । यता प्रहरीले पनि घटनाको मुख्य कारण अदालतले सो जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फै’सला सुनाए पछि श्रेष्ठले आमाको ह,’त्या गरेको बताएको छ ।ह,’त्याको आरोपमा प्रहरीले कमललाई पक्राउ गरी जिल्ला अदालत मोरङ बाट १० दिनको म्याद थपगरी अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क