इन्फो नेपाल — सञ्चारको सञ्जाल

आर्थिक मन्दीको बेला इटहरीमा कर बढेको भन्दै सांसदको आपत्ति

सुनसरी / इटहरी उपमहानगरपालिले वृद्धि गरेको करको दर घटाउन प्रतिनिधिसभा सदस्य अशोक चौधरीले माग गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चौधरीले करको दर घटाउन भएको आन्दोलनमा उपमहानगरपालिकाले बेवास्ता गरेको बताए । प्रतिनिधि सभाको आज मङ्गलवार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले इटहरी उपमहानगरपालिकाले नागरिकको ढाड सेक्ने गरी कर बढाएको भन्दै आवाज उठाएका हुन । बैठकमा चौधरीले उपमहानगरपालिकाले बढाएको करको चौतर्फी विरोध हुँदा समेत स्थानीय सरकार मौन बसेको आरोप लगाए । ३१६ प्रतिशत भन्दा बढी कर बढेको बताउँदै सङ्घीय संसदमा उपमहानगरको कर बारे जानकारी गराएका हुन् । इटहरीबाटै प्रतिनिधित्व गर्ने सांसद चौधरीले लम्पीस्कीन रोगको बारेमा समेत सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क