इन्फो नेपाल — सञ्चारको सञ्जाल

इक्यान मकवानपुर शाखा गठन, बेल प्रसाद खतिवडा अध्यक्ष

हेटौँडा |  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को मकवानपुर शाखा शनिवार औपचारिक रूपमा गठन भएको छ। शाखाको प्रथम अधिवेशनले बेल प्रसाद खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिव मनिष अधिकारी र कोषाध्यक्ष किशोर अर्याल रहेका छन्। सदस्यहरूमा सुरज घलान, शिव कुमार श्रेष्ठ, गुण राज थिङ, उमेश हुमागाई र नविन राज सापकोटा निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष खतिवडाले शाखाको स्थापनासँगै मकवानपुरमा शैक्षिक परामर्श क्षेत्रको विकास र विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले भने, "इक्यान मकवानपुर शाखाको स्थापनाले जिल्लामा शैक्षिक परामर्श सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।"

यस नयाँ शाखाको स्थापनाले मकवानपुर जिल्लामा शैक्षिक परामर्श सेवाको गुणस्तर सुधार र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते