इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका पनि अवैध संरचना हटाउन सुरू

सुनसरी / इटहरी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना तथा खोला पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको छ । मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरीसहित इन्जिनियरहरूसहितको टोलीले २ वटा निर्माणधीन अवैध संरचना ७ दिनभित्र हटाउन निर्देशन दिएको हो । इटहरी ७ की आशा साह र इटहरी १० का पदम दर्नालले पैनीको जग्गामा घर बनाएको भन्दै स्थलगत निरीक्षण गरी उनीहरूले निर्माण गर्दै गरेको घर तत्काल नबनाउनका लागि निर्देशन दिइएको छ भने इटहरीका सुदीप दाहालको पैनीमाथि बनाएको संरचना पनि भत्काइएको छ । हिजो मंगलबार इटहरीका २० वटै वडामा निर्माण भएको अवैध संरचना हटाउन वडाहरूलाई दिइएको निर्देशन कडाइको साथ लागू गर्न बताइएको छ । निजी जग्गा बाहेक बाटो पैनी, खोलाको जग्गा नहडप्न र हडपेर बसेकाहरूले तत्काल छोड्न निर्देशन जारी गरिएको छ । उपमहानगरको सूचनालाई बेवास्ता गरेको पाइएमा कानूनअनुसार कारबाही अगाडि बढाइने बताइएको छ । यता, खोला–पैनीमा अवैध संरचना बन्दा इटहरीमा सामान्य पानी पर्दा बाढी बस्ती छिर्ने र इटहरीमा जनधनको क्षति हुने गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क