इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका पुर्व मेयर द्वारिकलाल चौधरीले छिमेकीको जग्गा मिचेर माछा पोखरी बनाए

सुनसरी / इटहरी उपमहानगरपालिका पुर्व मेयर द्वारिकलाल चौधरीले छिमेकीको जग्गा मिचेर माछा पोखरी बनाएको खुलेको छ । चौधरीले लबीपुर चौकमा रहेको घर नजिकै प्रदीप कुमार खतिवडाको एक कट्ठा जग्गा घेराबार गरी माछा पालन गर्न थालेका हुन । जग्गाधनी खतिवडालाई थाहै नदिई उनले गत असारमा डोजरले खनेर पोखरी बनाएका थिए । जग्गाधनी खतिवडा इटहरी-४ मा बस्दै आएका छन् । जग्गा लबीपुरमा भए पनि उनको आउजाउ कम हुने गरेको थियो । त्यही मौका छोपी चौधरीले आफ्नो जग्गामा जथाभाबी डोजर चलाएको आरोप छ । उनले जग्गाधनीलाई थाहै नदिई यति ठुलो आँट देखेर आफैमा आश्चर्य परेको बताए । कम्तीमा एक पटक सोध्नु पर्छ, जानकारी सम्म त हुनु पर्‍यो नि ! उनका छोरा अनमोल खतिवडाले भने पटक पटक द्वारिक सरलाई सम्पर्क गरेँ उहाँले एक हप्ताको समय दिनु भयो तर ४ महिना बित्यो, आज सम्म पोखरी पुर्नु भएन । उनले जग्गा हडप्ने शैलीमा यस्तो कार्य गरेको हुन सक्ने समेत आरोप लगाएका छन् । चौधरीले बेवास्ता गरेपछि खतिवडाले इटहरी उपमहानगरमा समेत निवेदन दिएका थिए । गत २७ गते नगर प्रमुख हेमकर्ण पौडेलले तोक आदेश दिएर प्रशासनमा उक्त पत्र पेस गर्न भएका थिए । प्रशासनले चौधरीलाई के कति कारणले उक्त जग्गामा पोखरी निर्माण गरिएको कारण खुलाएर प्रमाण पेस गर्न भनेको थियो । तर चौधरीले उक्त पत्र लिएका छैनन् । उनले हुलाकबाट आएको पत्र समेत बुझ्न मानेका छैनन् । आफै स्थानीय सरकारको प्रमुख भइसकेका चौधरीको हर्कतले खतिवडा अब के गर्ने भन्ने अन्योलमा पुगेका छन् । आफ्नै बुवाको नाममा रहेको धनीपुर्जाको फोटोकपी लिएर भौँतारिरहेका उनका छोरा अनमोल कानुनी प्रक्रिया जाने तयारी गरेका छन् । इटहरी-१७ लबीपुरमा रहेको उक्त जग्गा ८(घ) नक्सा कित्ता नम्बर ६०६ को जग्गा २०६३ साल जेठ १ गते द्वारिकलालका बुवा नानुरामले खतिवडालाई बिक्री गरेका थिए । यता यो विषयमा चौधरीले केही गल्ती भएको स्वीकार गरेका छन् । उनले टेलिफोन सम्पर्कमा आफुँले माछा पोखरी निर्माण गर्दा केही आठ दश फुट जग्गा छिमेकी तिर गएको बताए ।चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी नगरप्रमुख भएका थिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क