इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका मेयरको रास्वपा सांसदलाई चुनौती: धेरै बकबक नगर्नुस् र भ्रष्टाचार प्रमाणित गरेर देखाउनुस्

इटहरी | इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रास्वपा सांसद अशोक कुमार चौधरीलाई धेरै बकबक नगरी भ्रष्टाचार प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शुक्रवार सामाजिक सञ्जालमा भिडियो सन्देश मार्फत उनले बिहीबार चौधरीले प्रतिनिधिसभामा उठाएको विषयलाई प्रमाणित गर्न चुनौती दिएका हुन् । प्रतिनिधिसभा सदस्य चौधरीले बिहीबार इटहरीको विद्युतीय बस खरिदमा भ्रष्टाचार भएको, सिट स्क्यान मेसिन खरिदमा मिलेमतो देखिएको र जनदबाब पछि प्रक्रिया रोकिएको विषय उठाएका थिए । सोही क्रममा शान्ति सृजना माविमा ८० लाख बढी रकम भएको विषयमा पनि मिलेमतो भएको उनले वक्तव्य दिएका थिए । सांसद चौधरीको सोही अभिव्यक्तिले भ्रम सृजना गरेको भन्दै मेयर पौडेलले ठाडो चुनौती दिएका हुन् । सांसद जस्तो गरिमामय पदमा रहेको व्यक्तिलाई सार्वजनिक खरिद ऐनको विषयमा जानकारी हुनुपर्ने बताउँदै उनले छानबिन समिति गठन गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएर प्रमाणित गर्न चुनौती दिए । स्टन्ट र लोक रिझ्याइको लागि रास्वपा सांसदले अभिव्यक्ति दिएको उनको भनाइ छ । नगरवासी र नगरपालिकाको विषयमा विशेष अदालत र अख्तियार जस्तो गरी दोषी करार गरेको मेयर पौडेलले बताए । सांसद भएर बकबक नगर्न चेतावनी दिँदै उनले आग्रह र पूर्वाग्रहका आधारमा टिप्पणी नगर्ने चुनौती दिए । इटहरी अस्पतालमा सिटी स्क्यान मेसिन खरिदको विषय जनदबाबको भरमा रोकिएको भन्ने विषय सरासर गलत भएको मेयर पौडेलले बताए । प्रि-बिडिङ मात्र गरेको बताउँदै उनले प्राविधिक रूपमा समस्या देखिएपछि प्रि-बिडलाई रोकेको प्रस्ट पारे । शान्ति सृजना माविमा गएर ८० लाख रुपैयाँ पैसाको विषयमा प्राविधिक त्रुटि देखिएपछि त्यसलाई उपमहानगरले सच्चाएको र पैसा फिर्ता लिइसकेको पौडेलले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क