इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका मेयर हेमकर्ण पौडेल हात्तीले आतंक मच्चाएपछि गस्तीमा

सुनसरी / इटहरीमा चार पाँच दिनदेखि जंगली हात्तीले आतंक मच्चाएपछि इटहरीका मेयर हेमकर्ण पौडेल गस्तीमा गएका थिए । इटहरी- २ सिरान टोल , पानिपिया, इटहरी २० सिरानको बनबाट शान्तिनगरस्थित मानव वस्तीमै जंगली हात्तीको बथान दैनिक आउन थालेपछि स्थानीयबासीहरू रातभर जाग्राम बस्दै आएका छन् । हिजो साँझ इटहरीका मेयर पौडेलसहित इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितले स्थलगत पुगेर स्थानीयबासीसँगै गस्तीमा निस्किएका थिए । हात्ती आउने नाकाको निगरानी गरेर ठाउँठाउँमा आगो बाल्ने, सिठ्ठी बजाउने कार्य गरिदै आएको छ । मेयर पौडेलले हात्ती आतंक बढेको भन्दै सर्वसाधरणहरुलाई सचेत रहन आग्रह समेत गरेका छन । बाटोहरुको पोलहरुमा बत्ती बाल्ने काम उपमहानगरले गरिसकेको छ । छावासहित दर्जन बढीको संख्यामा आएका हात्तीले लगातार चार पाँच दिनदेखि मानव वस्तीमा पसेको गुनासो आएपछि स्थानीयसँगै गस्तीमा गएका हुन् । डीएसपी खड्का र इटहरी २ का वडाध्यक्ष माधव कोइरलासहित स्थानीयले गस्ती गरेका थिए । जङ्गली हात्तिकाे आक्रमणबाट बच्न तथा धन जनकाे क्षती हुने भएकाले इटहरीबासिलाई सजग रहन समेत वडा अध्यक्ष माधव काेईरालाले बताउनु भएको छ । यो पनि : इटहरी २ मा जंगली हात्तीको आतंक

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क