इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका स्कुलमा ६ दिनमा खाजा थरी थरीका फलफूलदेखि मासुसम्म

इटहरी / इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक गर्दै छ दिनमा छ खाजा कार्यक्रम सार्वजनिक गरेको हो । बाल कक्षादेखि ६ सम्मका छात्रछात्राहरूलाई दिवा खाजामा दिइने खाजाको सूची सार्वजनिक गर्दै इटहरीले विद्यालयमा जंकफुड निषेध गरेको जनाएको छ । इटहरीका मेयर हेकमर्ण पौडेलले विद्यालय खुल्ने ६ दिन फरक फरक खाजा खुवाउने र एक दिन मासु पनि समावेश गरेको बताए । आइतबार इटहरी वडा १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख हेमकर्ण पौडेलले दिवा खाजाको सुरुवात गरे । सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई सङ्घीय सरकारले बाल कक्षदेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो ।  उपमहानगरले बाल कक्षादेखि ६ कक्षासम्मका लागि विद्यालयमै पोसिलो दिवा खाजा खुवाउने व्यवस्था मिलाएको छ । दिवा खाजा कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान दिएको छ । उपमहानगरपालिकाले तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी ५ करोड ६२ लाख ८० हजार ४५४ मा एरिना टिफिनलाई दिवा खाजाको ठेक्का दिएको छ । दिवा खाजा कार्यक्रममा इटहरी उपमहानगरपालिकाका ८ हजार २८ विद्यार्थी सहभागी छन् । आइतबार तीन किसिमका फलफूल, २१० ग्राम , सोमबार अण्डा र चिउरा ,मङ्गलवार मिसाइएको गेडागुडीको तरकारी र चिउरा, बुधवार चामलको खीर र तरकारी खाजाको दिने भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क