इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीकी एक महिला १२ दिनदेखि बेपत्ता

सुनसरी: इटहरीकी एक महिला १२ दिनदेखि बेपत्ता भएकी छन् । इटहरी उपमहानगरपालिका ७ की ४९ वर्षीया उर्मीला कटुवाल परिवारबाट सम्पर्कविहीन बनेकी छन् । मानसिक रूपमा अस्वस्थ रहेकी उनी गत कात्तिक ६ गते दिउँसो देखि घरैबाट बेपत्ता भएको परिवारले जनाएको छ । कतै फेला परेमा नजिककै प्रहरी कार्यालयमा खबर गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । प्रहरीलाई घटनाको जानकारी गराएर सबैतिर खोजी गर्दा पनि फेला पार्न नसकिएको उर्मीलाका भाइ युवराज कटुवालले बताए । ‘बिना कारण दिदी घरबाटै बेपत्ता हुनुभयो । अहिलेसम्म परिवारको सम्पर्कमा आउनु भएको छैन,’ उनले भने, ‘घटनाका बारेमा प्रहरीलाई जानकारी गराइएको छ । सबैतिर खोजी गर्दा पनि फेला पार्न सकिएन ।’ खोजी गर्दापनि फेला नपरेपछि थप खोजीका लागि अपिल गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क