इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको आपगाछीमा सांस्कृतिक पर्यटन महोत्सव सुरु भयो

इटहरी / इटहरी २ स्थित आपगाछीमा शनिबार देखि १५ दिनसम्म सांस्कृतिक पर्यटन महोत्सव सुरू भएको छ । स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्ने उद्देश्यसहित सुरु गरिएको महोत्सवको उद्योग वाणिज्य संघ कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीमबहादुर पौडेलले उद्घाटन गरेका छ्न् । विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीले आयोजना गरेको महोत्सवको हिजो बेलुका पहिलो दिन गायिका अस्मिता अधिकारीले प्रस्तुति राखेकी हुन् । उनले आधा दर्जन बढी गीतहरू गाएकी थिइन् । बेलुका स्थानीय कलाकार गित गाए थिए । सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा जेष्ठ नागरिकहरू मोहन पराजुली, जीवनाथ काफ्ले, बद्री अधिकारी, बोधराज बजगाईँ, गायत्रादेवी बजगाईँलाई सम्मानसमेत गरिएको थियोे । राजु बस्नेतको संयोजकत्वमा सुरु भएको कार्यक्रम १५ दिनसम्म सञ्चालन हुने आयोजक कमिटिका अध्यक्ष विशुधन राईले जानकारी दिए ।सांस्कृतिलाई जगेर्ना गर्न ,व्यापार व्यवसायलाई फस्टाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको राई जानकारी दिए । हरेक साँझ स्थानीदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क