इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको कर मूल्य वृद्धिविरुद्ध रास्वपाले २७ हजार बढीको हस्ताक्षर संकलन गर्यो

सुनसरी / इटहरी उपमहानगरपालिकाले भूमिकरमा अत्यधिक करवृद्धि गरेपछि निरन्तर आन्दोलन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरबासीको हस्ताक्षर संकलनमा २७ हजारभन्दा बढी हस्ताक्षर संकलन गरेको छ । करवृद्धिविरुद्ध २७ हजार नगरबासीको हस्ताक्षर सङ्कलन गरेको कोशी प्रदेशका प्रवक्ता कमलबाबु मैनालीले बताए । उनकाअनुसार रास्वपाले कर वृद्धिको विरोधमा हरेक दिन इटहरी उपमहानगरपालिका अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै आएको छ । कर घटाउनका लागि गत साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएको रास्वपाले २३ गतेदेखि लगातार उपमहानगरपालिका धर्ना तथा हस्ताक्षर संकलन अभियान चलाएको थियो । हस्ताक्षर गर्ने हरेकको विवरणसहित मेयरलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको मैनालीले जानकारी दिए । कर घटाउने प्रक्रिया अगाडि नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउने उनले बताए । कर घटाउने विषयमा उपमहानगर भने मौन रहँदै आएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क