इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको भाटभटेनीद्वारा ११ लाख सहयोग

सुनसरी : इटहरीको लविपुरमा रहेको भाटभटेनी द्वारा बाढी पिडित र इटहरी उपमहानगरपालिकालाई ११ लाख सहयोग दिएको छ । बिराटनगरको लागि २५ केजि को जीरा मसिनो चामल ८४० बोरा गरि १४ लाख मुल्य बराबरको सहयोग गरेको छ । गत मंगलबार २ गते आएको बाढी पिडित भएकालाई राहत, उद्वार र पुर्नस्थपनाका लागि भन्दै भाटभटेनील् इटहरी सरकारलाई ११ लाख दिएको छ । भाटभटेनी सुपरस्टोरका प्रबन्ध निर्देशन मीन कुमार गुरूङका तर्फबाट प्रबन्धद्वय लक्ष्मी गुरूङ र माया रानामगरद्वारइटहरीका मेयर द्वारिकालाल चौधरीलाई ११ लाखको चेक हस्तान्तरण गरेको छ । मेयर चौधरीले चेक हस्तान्तरण गर्दै धन्यवाद ज्ञापन गर्नु भएको छ । उक्त रकम इटहरी उपमहानगरपालिकाको प्रकोप कोषमा जम्मा भएको छ । इटहरी लविपुरको भाटभटेनी यहाँसम्म आउनुको कारण नै आमजनता ,उपभोक्ता हुन् । उपभोक्तालाई समस्या परेका बेला सहयोग गर्नु हामी व्यवसायीको कर्तव्य रहेको भाटभटेनी सुपर स्टोरका प्रवन्ध निर्देशक - मीन बहादुर गुरुङ्ले बताउनु भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क