इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको माइती नेपालमा तीन जनालाई इ-रिक्सा वितरण

सुनसरी / इटहरी २ को माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृहले तीन जना महिलालाई इ–रिक्सा प्रदान गरेको छ । जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाएर आज बुधबार एक कार्यक्रम गरि तुलसा अधिकारी, सिता शेर्पा राई र प्रमिला प्रधानलाई इ–रिक्सा प्रदान गरेको हो । साथै, सो कार्यक्रममा सिलाई कटाई सम्बन्धि सहभागीतालाई बिदाई पनि गरिएको हो । माइती नेपाल इटहरी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्दार गरेर ल्याएका चेलिवेटीलाई विभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै आएको बताइन् । कार्यक्रमा संघीय सांसद सीताराम मेहताले माइती नेपालले गर्दै आएको कार्यको प्रसंसा गरेका हुन् । सो क्रममा माइती नेपालका निर्देशक विश्वराम खड्का, वडा नम्बर २ का वडाध्यक्ष माधव कोइराला, महिला सञ्जालका अध्यक्ष कमला खड्कालगायतको सहभागीता थियोे । माइती नेपालको सहयोगमा इ-रिक्सा वितरणले गर्दा आफुहरूलाई गरिखान सहयोग भएको महिलाहरूले बताए । माइतीले महिलाको हक हितमा विगत लामो समय देखि क्रियाशिल माइती नेपालले समस्या परेका महिलाहरूलाई उद्दार गरि स्वरोजगारीमा जोड दिदै आएको छ । माइती नेपालको स्थापना सन् २००२ मा भएको हो । माइती नेपाल इटहरीको तथ्यांकअनुसार सन् २००२ यता अहिलेसम्म ५४२ जना महिलाहरूलाई विभिन्न विधाको तालिम लिएर आत्मनिर्भर भनेका छन् । आर्थिक रूपमा विपन्न र उद्वार गरिएका महिलाहरूलाई माइती नेपालले सिलाई कटाई इ-रिक्सा तालिम ब्युटी पार्लर जस्ता विषयमा सक्षम बनाएर आत्मनिर्भर बनाइदै आएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क