इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा अत्यधिक कर बढाइएको भन्दै इटहरी २ वडा कार्यालयमा तालाबन्दी

इटहरी / इटहरी उपमहानगरपालिकाले आर्थिक वर्षको बजेट तथा निति कार्यक्रमले इटहरीका जग्गाको कर बढाएको भन्दै इटहरी उपमहानगरपालिका २ का स्थानीय बासिहरूले इटहरी २ वडा कार्यलयमा तालाबन्दी गरेका छन् । कर वृद्वि भएको भन्दै इटहरी वडा नं. २ का स्थानीयबासीहरूले भेला भएर कार्यालय खुल्नासाथ तालाबन्दी गरेका हुन् । आज पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय गोपाल खड्काले बताए । मालपोत कार्यलय सुनसरीमा एकथरी मूल्यांकन भएपनि वडा कार्यालय र उपमहानगरले जथाभावी रूपमा घरबाटो सिफारिस कर लिएको भन्दै आँफूहरू आन्दोलित बनेको स्थानीय बाबुराम दङ्गालको भनाइ छ । स्थानीयले उठाएको माग सुनुवाइ नभए चरणबद्द रूपमा आन्दोलन गर्ने उनको भनाइ छ । यता, इटहरी उपमहानगरपालिकाको १२ औं नगर सभा बैठकले कर समायोजन गर्न समिति गठन गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क