इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा आफ्नै जेठी सासुको हत्या गरेको आरोपमा भोजपुरका एक पुरुषलाई पक्राउ

सुनसरी / इटहरीमा आफ्नै जेठी सासुको हत्या गरेको आरोपमा प्रहरीले भोजपुरका एक पुरुषलाई पक्राउ गरी सार्वजनिक गरेको छ । इटहरी उपमहानगरपालिका १७ स्थित मझौरा टोलकी ३२ वर्षीया कमला तामाङको सोमबार खुकुरी प्रहारबाट हत्या भएपछि हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिचोक ९ घर भइ इटहरी १७ मै बसोबास गर्दै आएका ४९ वर्षीय नीमा तामाङ रहेका छन् । उनले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारपछि गम्भीर घाइते भएकी उनको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । पूरा समाचार : इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी एक महिलाको बीभत्स हत्या https://infonepalonline.com.np/nepal/koshi-province/37450/

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क