इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा स्कुटरमा सवार आमा छोरीलाई टिफरले ठक्कर दिँदा आमाको मृत्यु , छोरी गम्भीर घाइते

सुनसरी : इटहरीको मुख्य चोकमा आमा र छोरीलाई टिफरले ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छिन् । आज दिउँसो ३ बजे टिपरले स्कुटरलाई ठक्कर दिँदा इटहरी वडा नम्बर ८ गैसार घर भएकी अन्दाजी ४२ वर्षीय सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने अन्दाजी २२ वर्षीय छोरी अंशु चौधरी गम्भीर घाइते भएकी छन् । अंशु चौधरीको न्युरो अस्पताल .विराटनगरमा उपचार भइरहेको इलाका प्रहरीले कार्यलय इटहरीले जनाएको छ । कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको ट्रिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । धरान लाइनबाट आएका दुवै सवारीले ट्राफिक लाइट बल्ने बित्तिकै तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको ट्रिप्परले ठक्कर दिएको हो । टिपरले ब्याक गरेर मान्छे मारेको भन्दै स्थानीयले टिपर तोडफोड गरेका छन् । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रहरीले असुल ग्यास प्रहार गरेको थियोे । घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको बाक्लो रुपमा परिचालन गरिएको थियोे । तोडफोड र नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरी भीड हटाएको छ । सवारी साधनहरुलाई वैकल्पिक बाटोबाट डाइभर्ट गरिएको छ । ३ बजेदेखि सवारीसाधन आवागमन रोएको साढे ६ बजे खुलेको हो । टिपर चालक सर्लाहीको हरिबन बस्ने अन्दाजी २६ बर्षिय बल बहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क