इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

इटहरी - इटहरीमा मध्यराति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी -६ स्थित वीपी चौकमा मध्यराति ११ः४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५२ वर्षीया गोपीमाया कटवाल रहेकी इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिए । कटवालको जलेर घटनास्थलमै मृत्यु भएको हो । ‘कोठामा चुकुल लगाएर सुतेको अवस्थामा आगलागी भएछ । पूजाकोठा पनि त्यहीँ रहेछ,’ चौधरीले भने, ‘आगलागीको कारण तत्काल नखुलेपनि प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।’ घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । कटवाल सुतेको कोठामा आगलागी भएको र छेउको कोठामा छोराबुहारी रहेको चौधरीले बताए । उक्त कोठामा रहेका लत्ताकपडासहित दराज जलेर क्षति भएको उनको भनाइ छ । आगलागी नियन्त्रणमा लिएका आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क