इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा एक दिने निःशुल्क आँखा शिविरबाट १ सय २६ जना बढीले लिए सेवा

इटहरी | इटहरी वडा नं. १ मा एक दिने निःशुल्क आँखा शिविरबाट १ सय २६ जना बढीले जनाले सेवा लिएका छन् ।

लायन्स क्लव अफ ईटहरी स्मार्टसिटी र वडा नं. १ कार्यालयको सहकार्यमा आयोजित यस शिविरमा रामलाल गोल्छा आई हस्पिटल फाउण्डेशन विराटनगरका दक्ष चिकित्सकहरूको टोलीद्वारा आँखा सम्बन्धी विभिन्न सेवाहरू प्रदान गरिनेछ। आँखा शिविरबाट १ सय २६ जना बढीले सेवा लिएका छन् ।

स्थानियवासीहरूलाई आफ्नो आँखा जाँच गराउन र शिविरमा प्रदान गरिने सेवाहरूको लाभ उठाउन कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ ईटहरी स्मार्टसिटीका अध्यक्ष शिव प्रसाद भट्टराईले बताए ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्कीले स्थानियवासीहरूलाई आफ्नो आँखा जाँच गराउदा निकै सहज भएको साथै आयोजक संस्थालाई धन्यवाद समेत व्यक्त गरे ।

शिविरमा आँखा जाँच, चश्मा जाँच, र आवश्यक औषधि निःशुल्क प्रदान गरिनुका साथै, मोतीबिन्दु र आँखामा मासु पलाउने समस्याका लागि विशेष छुटको व्यवस्था गरिएको छ । मोतीबिन्दुको निःशुल्क अप्रेसन तथा अन्य गम्भीर समस्याहरूमा आवश्यक परामर्श पनि उपलब्ध गराइएको हो ।

शिविरमा जाँच गरिएका बिरामीहरूलाई रामलाल गोल्छा आई हस्पिटलमा थप उपचारका लागि रिफर गरिनेछ। ७ दिनभित्र जाँच गरिएका बिरामीहरूको नाम दर्ता निःशुल्क हुनेछ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १ वडा सदस्य ,लायन्स क्लव अफ ईटहरी स्मार्टसिटीका पदाधिकारीहरू , स्थानीयहरू उपस्थिति रहेको थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क