इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा कारले स्कुटरलाई ठक्कर दिँदा कानेपोखरीका गौतमको मृत्यु

इटहरी | सुनसरीको इटहरीमा कारले स्कुटरलाई ठक्कर दिँदा एक युवाको घटनास्थलमै मृत्यु भएको छ ।

आईतबार बेलुकी इटहरी १ स्थित आँपगाछी चोकमा इटहरीबाट धरान तर्फ आउँदै गरेको प्र ९-०९-००२ च ६३०६ नम्बरको कार र विपरीत दिशाबाट रङ साइड प्रयोग गरी जाँदै गरेको को १ प ७४९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनाबाट स्कुटर चालक मोरङ कानेपोखरी गाउँपालिका १ बस्ने ४४ वर्षीय नेपाल प्रहरीका पूर्व हवलदार डेगराज गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीको बताएको छ ।

इटहरी २० होम्समा रहेका आफ्ना दाजु जनक गौतम बिरामी भएपछि उपचार गर्नका लागि २ दिन अघि मात्र मृतक गौतम तरहरा आएका थिए ।

वराहक्षेत्रमा स्थित चतराधाममा पुजारीको काम गर्दै आएका गौतम आफन्तको स्कुटर पुरयाउनका लागि आँपगाछी पुगेको थिए ।

घटना पश्चात् दुवै सवारी साधन र कार चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४१ को रमेश निरौलालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा जनाएको छ । दुर्घटनाका कारण स्कुटर चालकले बाटो काट्ने क्रममा रङ साइड प्रयोग गर्नु मुख्य रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क