इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा खुकुरी प्रहार घटनामा संलग्न सात जना प्रहरीद्धारा सार्वजनिक

इटहरी | इटहरीमा बुधबार एक युवकमाथि भएको खुकुरी प्रहारको घटनामा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इटहरी ६ स्थित कुवेर चौकमा इटहरी १६ का २१ वर्षीय प्रवेश बुढाथोकीमाथि खुकुरी प्रहार भएको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीकाअनुसार खुकुरी प्रहारको घटनामा संलग्नहरूलाई प्रहरीले विराटनगरको बरगाछीबाट बुधबार राति ९ः४५ बजेतिर पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने २० वर्षीय लोप्सन गुरूङ, इटहरी १८ बस्ने २२ वर्षीय ज्योतिष चौधरी, सोही वडाका २२ वर्षीय मनीष चौधरी, इटहरी १७ बस्ने २१ वर्षीय गणेश चौधरी, सोही वडाका २१ वर्षीय आशिष चौधरी, इटहरी १३ बस्ने २६ वर्षीय उमेश कोइराला र इटहरी २० बस्ने १६ वर्षीय हिमेश राई रहेका छन् । उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए । बुधबार इटहरी ६ को पारूहाङ चोकमा हातमा धारिलो हतियार खुकुरी बोकेर आएका उनीहरूले लखेटी–लखेटी बुढाथोकीमाथि प्रहार गरेको डीएसपी कार्कीले बताए । प्रहरीकाअनुसार खुकुरी प्रहारबाट बुढाथोकीको टाउको, हातको पाखुरा र शरीरका विभिन्न भागमा चोट लागेको छ । स्थानीय एक होटलमा खाजा खाइरहेको समयमा मोटरसाइकलमा आएका चारजना युवकले उनीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट तत्काल फरार रहेका उनीहरूलाई खोजी गर्ने क्रममा प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई बिहीबार अदालतबाट म्याद थप गरेपछिसार्वजनिक गरिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क