इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा गोरुको मृत्यु पछि मलामी सहित दाहसंस्कार गरियो

इटहरी / इटहरीमा साँढे गोरुको मृत्युपछि हिन्दु परम्परा अनुसार मलामी सहित दाहसंस्कार गरिएको छ । केही समय अगाडि इटहरी-१२ खनारमा दुर्घटनामा घाइते भएर मृत्यु भएको गोरुको दाहसंस्कार गरिएको हो । एक महिना अघि दुहबीका किसनलाल अग्रवालको पिकअप भ्यानले ठक्कर दिएर उक्त साँढे गोरुलाई घाइते बनाएको थियो । सो घाइते साँढे गोरुको उपचारमा लाग्ने सबै खर्च गाडी धनी अग्रवालले नै व्यहोर्दै आएका थिए। खनारका स्थानिय बासिन्दा र जनप्रतिनिधिले मिलेर साँढेको रेखदेख गर्दै आएका थिए । गाडीको ठक्करबाट कम्मर भाँचिएको साँढेको उपचारमा इटहरी उपमहानगरपालिकाको पशु चिकित्सक खटिएका थिए । उपचारकै क्रममा साँढेको मृत्यु भएको हो। मृत साँढेलाई खनार स्थित बुढी खोलामा खाल्टो खनेर पुरिएको छ । हिन्दु धर्मको मृत्यु संस्कार अनुसार अन्त्येष्टि गरिएको साँढेको मलामीमा स्थानिय बासिन्दा र जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । मृत्यु भएको मानव मात्र हैन हरेक प्राणीले ज्यान गुमाएपछि कम्तीमा उसको शवको सम्मान होस भनेर यस्तो गरेको इटहरी-१२ खनारका वडा अध्यक्ष भुवनराज पोखरेले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क