इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा जारी जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण

इटहरी- इटहरीमा जारी जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण बढेको छ । सस्तो मूल्यमा जुत्ता चप्पल पाएपछि महोत्सवमा ग्राहकको भीड बढेको हो । यहाँ फस्ट वाल्क, बीएफ डियर हिल सुज, क्रस रोड, रोयल सुज र डिजे सुजका विभिन्न ब्रान्डहरू राखिएको बताए । बच्चा, महिला, युवायुवती र ज्येष्ठ नागरिकलाई सहज हुने किसिमको जुत्ता चप्पल राखिएको छ । स्थानीय सुमन निरौलाका अनुसार महोत्सवमा बजारमा भन्दा सस्तो मूल्यमा जुत्ता किन्न पाउने र अन्य ग्राहकहरूलाई समेत आउन अनुरोध गरेका छन् । स्वदेशी उत्पादनलाई जोड दिएर मेला आयोजना गरिएको मेलाका व्यवस्थापक चक्र विष्टले बताए । इटहरी जुत्ता चप्पल महोत्सवमा तीन हजार मेडेलका जुत्ता चप्पल उपलब्ध हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए । फागुन ११ गतेदेखि सुरु भएको मेलामा उत्पादक र उपभोक्ताबीच सम्बन्ध स्थापित गरी बजार प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको उनको भनाइ छ । नेपाली जुत्ता चप्पलको बजारीकरण साथै प्रवर्द्धनमा जोड दिँदै नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरूका विभिन्न ब्रान्डका जुत्ता चप्पल विक्री गर्ने गरी मेला सञ्चालन गरिएको फुटवेर मेनिफ्याक्चरिङ्ग एसोसिएसन पूर्व अध्यक्ष नानीराज घिमिरेले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क