इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु

सुनसरी | इटहरी- १० आमझोकीमा मंगलबार राति टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति ११ बजेतिर इटहरी वडा नम्बर - १० आमझोकीस्थित भित्री पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २ ह ६४३२ नम्बरको टेम्पो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । टेम्पोमा सवार इटहरी १० मा बस्ने ४० वर्षीय राजेन्द्र सरदारको मृत्यु भएको हो । गम्भीर घाइते भएका सरदारको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्पो र चालक इटहरी १० का २८ वर्षीय अजय कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट टेम्पोको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ ।दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क