इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या ५२

सुनसरी / इटहरीमा पछिल्लो समय डेङ्गुका संक्रमितको सङ्ख्या ५२ जना पुगेका छन् । इटहरी अस्पतालको तथ्याङ्क अनुसार भदौ महिनामा मात्र इटहरीमा एक सय ७९ जना संकास्पद बिरामीहरुको परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टी भएको छ । वैशाख यता दुई सय १९ जनामा परीक्षणमध्ये ६७ जनामा डेङ्गु पुष्टी भएको थियोे । डेङ्गु लागि सकेको तीनदेखि चारदिन देखि मांसपेशीहरु दुख्ने, ज्वरो आउँने, टाउँको दुख्ने, आँखा दुख्ने लक्ष्यणहरु देखा पर्ने र यसबाट जोगिन पानी जम्ने खाल्डा खुल्डीहरुमा लामखुट्टेले अण्डा पार्ने भएकाले सजगता अपनाउनु पर्ने र लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु लाग्नबाट जोगिने उपयुक्त उपाय हो । इटहरीमा संक्रमण बढेकाले गर्दा डेङ्गु रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेर वडा वडामा जनचेतना जगाउँने काम भइरहेको इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकोले र लामखुट्टे सफा पानीमा अण्डा पार्ने भएकोले घरको वरिपरिका खाल्डाखुल्डी पुर्न, गमलादानी, फ्रिजको पछाडि जमेको पानी नियमित सफा गर्न , घरको खानेपानीको ट्याङकीको पानी राम्रोसँग बन्द गर्न पनि आब्हान गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क