इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा भैँसी प्रतियोगितामा चन्द्रबहादुरको भैँसी प्रथम

इटहरी | भैँसी पालक किसानहरू घट्दै गएपछि भैँसी पालनतर्फ आकर्षित गर्न इटहरीमा भैँसी प्रतियोगिता आयोजना गरिएको छ । दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसको अवसरमा इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सुनसरी र मोरङ जिल्लामा भैँसी पालन गर्दै आएका किसानहरूबीच प्रतिस्पर्धा आयोजना गरेको छ । ३० जना किसानका ५० वटा भैँसी प्रतियोगितामा सहभागि गराइएको थियो । प्रतियोगितामा इटहरी ३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ । यस्तै, सुन्दरहरैचा ५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको छ । यसैगरी सुन्दरहरैँचा ५ कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव राजन धमलाले जानकारी दिए । भैँसीको स्वास्थ्य, रूप, जिउडाल, जात, दुधको उत्पादन लगायतका गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गरेका थिए । प्रतियोगिताका विजेता भैँसी धनी किसानहरूलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम संयोजक धमलाले जानकारी दिए । पछिल्लो समय किसानले भैँसी पाल्न छाडेकाले यसको महत्व बुझाउन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिए । भैँसी पालक किसानहरूलाई प्रोत्साहन गर्न वर्षेनि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क