इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा यहीँ भदौ १५ गतेदेखि १७ गतेसम्म महिला उद्यमशिलता प्रदर्शनी मेला लाग्ने

सुनसरी : उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा यहीँ भाद्र १५ गते देखि १७ गते सम्म सञ्चालन गरिने महिला उद्यमशिलता प्रदर्शनी मेलाको तयारी तिव्र पारिएको छ । इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीको लायन्स क्लवको भवनमा मेला लाग्ने भएको छ । दैनिक उपभोग्य वस्तु, कृषिजन्य तथा जडिबुटी, हस्तकला, सौन्दर्य कलासँग सम्बन्धित स्टलहरु मेलामा रहने जनाइएको छ । मेलामा कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्पादित वस्तुका ७५ वटा स्टल रहने जनाइएको छ । मेलमा कोशी प्रदेश र मधेस प्रदेशबाट पनि मेला भर्न मानिस आउने जनाएको छ । मेलामा ५० हजार बढी मानिस आउने अपेक्षा गरिएको बताइएको छ । नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई १५ हजारका दरले पुरस्कृत गरिने जनाइएको छ । महिला उद्यमशिलता प्रदर्शनी मेलामा घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रदर्शनी आयोजना गर्न लागिएको मेलाकी कार्यक्रम संयोजक मिना ढकालले बताइन् । उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवर्द्धनमा जोड दिँदै इटहरीमा आयोजना गरिने तीन दिने महिला उद्यमशिलता प्रदर्शनी मेला हुने भएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, कार्यक्रम संयोजक मिना ढकाल, विश्व आर्दश कलेजका प्रार्चाय गणेश दुलाल, नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश कुमार भट्टराई, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजवहादुर पुरी लगायतको सहभागिता केही दिन अगि मेलालाई सफल वनाउने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क