इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा रहेका टोल विकास संस्थालाई आर्थिक कारोबार गर्न रोक

इटहरी / इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई आर्थिक कारोबार गर्न रोक लगाएको छ । आर्थिक पारदर्शिताको गुनासो आएको भन्दै उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋणसम्बन्धी कारोबार गर्न रोक लगाएको हो । सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै उपमहानगरले आर्थिक कारोबार गर्न प्रतिबन्ध लगाएको छ । इटहरीका २० वटै वडाका सबै टोल विकास संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्दै आएका थिए । सोमबार वडा कार्यालयमार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई परिपत्र जारी गर्दै बचत तथा ऋणसम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए । १३ औं नगरसभाबाट टोल विकाससँग सम्बन्धित नयाँ नीति तथा कार्यक्रम अवलम्बन गरिएकोले बचत तथा ऋणको कारोबार गर्दै आएका टोल विकास संस्थाहरूलाई अबउप्रान्त कारोबार नगर्न–नगराउन आग्रह गरेको मेहताले जनाए । अब टोल विकास संस्थालाई सामाजिक कार्यमा क्रियाशील गराइने उनले बताए । हाल इटहरी उपमहानगरका २० वटा वडामा टोल विकास संस्थाहरू सञ्चालनमा रहेका छन् । ती संस्थाहरूले मासिक रूपमा सयदेखि पाँच सय रुपैयाँसम्म बचत संकलन गर्दै आएका छन् । संकलित रकमबाट टोलका सदस्यहरूलाई न्यूनतम ब्याजदरमा ऋणमा लगानी गर्ने गरेका छन् । व्याजबाट आएको रकम संस्थाको विकास तथा सामाजिक कार्यमा खर्च गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क