इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधान हुने : मेयर हेमकर्ण पौडेल

सुनसरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधानका निम्ति एसियाली विकास बैँकले लगानी गर्न लागेको बताए । आज सोमबार इटहरी उपमहानगर परिसरमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मेयर पौडेलले एसियाली विकास बैँकले इटहरीको बाढी समस्या समाधान गर्नका लागि साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ट्याङ्ग्रा खोलालाई बूढीखोलामा डाइभर्सन गराइने तयारी अगाडि बढाइएको छ,’ उनले भने, ‘बाढीले मानवीय र भौतिक क्षति हुने समस्या समाधान गर्न हामी गम्भीर छौँ ।’ इटहरीलाई भ्रष्टाचारमुक्त बनाउन पनि आँफू प्रतिबद्व रहेको बताएका छन् । ‘हामीलाई आन्तरिक व्यवस्थापनका लागि ६ महिना लाग्यो, अब कसैप्रति पनि आग्रह, पूर्वाग्रहमा नलागी ठोस निर्णयमा पुगेर काम गर्छौँ,’ मेयर पौडेलले भने, ‘अहिले हामीले कल सेन्टरमार्फत जनताका गुनासा र समस्या सुन्ने गरिरहेका छौँ, जसले गर्दा जनतासँग प्रत्यक्ष जोडिएर समस्या बुझिरहेका छौँ ।’ आँफू निर्वाचित भएर आएको ६ महिनासम्म आन्तरिक व्यवस्थापनमै समय बितेको र आगामी दिनमा ठोस निर्णयमा पुगेर काम गर्ने बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क