सुनसरी / इटहरीमा वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी वडा नम्बर -५ निवासी ३८ वर्षीया सुशीला घले र मोरङको सुन्दरहरैँचा ५ निवासी ५० वर्षीय प्रेमकुमार चौधरी रहेका इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । प्रहरीका अनुसार दुवैजनालाई घलेको निवासबाट नगद ८ लाख ३९ हजार २ सय ४५ रुपैयाँ र १२ थान पासपोर्टसहितत पक्राउ गरिएको हो ।
उनीहरूले ग्रामीण क्षेत्रका युवाहरूलाई पैसा असुलेर ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवैजना पक्राउ परेपछि १० जनाभन्दा बढी स्थानीयले इलाका प्रहरी कार्यालय इटहरीमा उनीहरूबाट ठगिएको भन्दै किटानी जाहेरी दिएका छन् ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालत सुनसरीबाट सातदिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…