इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा शनिबार हुँदै कोरा साइक्लिङ: पाँच सय बढी साइक्लिस्ट सहभागी हुने

इटहरी | सुनसरीको इटहरी २० तरहरामा शनिबार हुन लागेको कोरा साइक्लिङको तयारी पूरा भएको छ। तरहरा आसपास क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

बुधबार पत्रकार सम्मेलन गरी आयोजक तरहरा साइक्लिङले तयारी पूरा भएको जनाएको छ। कार्यक्रम संयोजक बहादुर तामाङका अनुसार साइक्लिङमा कोशी प्रदेशका पाँच सय बढी साइक्लिस्टहरूको सहभागिता हुनेछ। "शिक्षामा लगानी, बालबालिकालाई भोलिको सुनौलो बिहानी" भन्ने सन्देशका साथ कोरा आयोजना गर्न लागिएको उनले बताए।

कोरा च्यालेन्ज नेपालका विभिन्न स्थानमा वार्षिक रूपमा आयोजना हुने र यसले स्थानीय धार्मिक स्थलहरूको प्रचार गर्ने बताइएको छ। साइक्लिङका अध्यक्ष खड्ग भण्डारी (रमेश)ले धार्मिक स्थलको वरिपरि घडीको दिशामा घुम्दै परिक्रमा गराइने र साइकल राइडमा वस्ती, गाउँदेखि सहरलाई साइकलसँग जोड्ने लक्ष्य रहेको बताए।

कोरा च्यालेन्जमा ६ देखि ६५ वर्ष उमेर समूहका सहभागी रहने जनाइएको छ। सिनियरको लागि २५ किलोमिटर र जुनियरका लागि १० किलोमिटरको यात्रा तय गरिएको छ।

तरहरा चौकबाट शनिबार बिहान ७ बजे सुरु हुने कोरा विभिन्न स्थानीय चोक, मन्दिर, गुम्बा, विद्यालय र सार्वजनिक स्थलहरू हुँदै बहुभाषी स्कुलमा पुगेर समापन हुनेछ। जुनियर वर्गका लागि छोटो दूरीको मार्ग निर्धारण गरिएको छ।

सहभागी र सहयोगीबाट उठेको शुल्कको खर्च कटाएर बाँकी रहेको रकम विद्यार्थीहरूमाथि लगानी गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

इटहरी उपमहानगरको कार्यपालिका बैठक भुईँमै, असोज ४ पछि सेवा सुरु गर्ने निर्णय

इटहरी | जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाले असोज ४ गतेपछि सामान्य सेवा सुरु गर्ने निर्णय गरेको छ। सोमबार उपमहानगरको प्राङ्गणमै कार्यपालिका बैठक बसेको…

सन्जिप तिम्सिना

‘प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरले पायो छैटौं प्रधानमन्त्री

विराटनगर | विराटनगर, औद्योगिक राजधानी मात्र होइन, अब ‘प्रधानमन्त्री जन्माउने सहर’ को उपमा समेत थप प्रष्ट भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुशीला कार्कीलाई अन्तरिम सरका…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

इटहरी उपमहानगरमा अर्बौंको क्षति

इटहरी | जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि इटहरी उपमहानगरपालिकादेखि संघीय र स्थानीय निकायसम्म अर्बौं मूल्यबराबरका सम्पत्ति खरानी बनेका छन्। नगरपालिकाको भवनसहित महत्त्वपूर्ण कागजात…

सन्जिप तिम्सिना