इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा सडक मिचेर बनाएका घरहरू भत्काउने काम तीव्रता

सुनसरी | इटहरीमा सडक मिचेर बनाएका घरहरू भत्काउने काम इटहरी उपमहानगरपालिकाले तीव्रताका साथ अघि बढाएको छ । कोशी राजमार्ग विस्तार गरी फराकिलो बनाउने कामलाई इटहरी उपमहानगरपालिकाले तीव्रताका साथ अघि बढाएको छ । इटहरी वडा नम्बर ९ मा पर्ने सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घरहरु दुई साताअघि भत्काएको थियो भने वडा नम्बर ६ मा पर्ने ३४ वटा घर भत्काउन शनिबारसम्मको समय दिएपनि कतिपयले अटेर गरेपछि उपमहानगरपालिकाको डोजर प्रयोग गरि घर भत्काएको हो । ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि स्थानीयले घर भत्काउन अटेर गरेपछि स्थानीय सरकार अघि सरेको हो । एक साता अघिपनि उपमहानगरपालिकाले अल्टिमेटम दिँदै सुचना जारी गरेको थियो । इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ । सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काएको हो । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको हो । स्थानीय बासि र प्रहरीहरू उपस्थिति थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क