इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा १६ करोड २२ लाख लागतमा आधुनिक र सुविधा सम्पन्न बसपार्क बनाउने तयारी

सुनसरी / इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तीन तले बसपार्क निर्माण कार्य सुरु गरिने भएको छ । इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर इटहरीको पुरानो बसपार्क भएको ठाउँलाई व्यवस्थित गर्नका लागि १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण हुने भएको हो । बिहीबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाण्डौँका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच इटहरी बसपार्क निमार्ण गर्ने सम्झौता भएको थियोे । कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरीको ३० प्रतिशत लगानी रहने र एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, सभाहल, रेष्टुरेण्डसहितको हुने इटहरी उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेले बताए । एक वर्ष ६ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण हुने बताइएको छ । बसपार्कमा ५० वटा बस अट्ने , ढल व्यवस्थापन र डे«नसहितको सुविधा हुने उपमहानगरले जनाएको छ । मेयर हेमकर्ण पौडेलले इटहरी भएर नै ‘पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताए ।’बसपार्कमा पार्किङ नभएर चौरास्त चोक जभाभावी हुँदै आएकाले समस्या हुँदै आएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क