इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा १८ दिनदेखि १६ वर्षीय एक किशोरी बेपत्ता

सुनसरी / इटहरी उपमहानगरपालिका-१५ मा बस्ने १६ वर्षीया अस्मिता चौधरी १८ दिनदेखि बेपत्ता भएकी छन् । अस्मिता चौधरी गत बैशाख ३० गते अर्थात मतदानको दिनदेखि बेपत्ता भएकी हुन् । सोही दिनदेखि उनी घर नआएकाले खोजीका लागि परिवारले अपिल गरेका छन् । परिवारका अनुसार आफ्नै काका लालु चौधरीले अस्मितालाई झारफुक गर्ने झाक्रीसँग फूलपाती सेलाउन कोशी नदी जान करकाप गरेको र विराटनगरका झारफुक गर्ने दिनेश मण्डलले बाइकमा राखेर कोशी लगेका थिए । अस्मितालाई कोशी लाने भनिएपनि लालु र दिनेशले बीच बाटोबाटै विराटनगर पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले अहिले उनीहरूको खोजी गरेको तथा अनुसन्धान सुरु गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रवीन्द्र थापाले अहिले परिवारजनले प्रहरीमा मानव अपहरण तथा शरीर बन्धकमा दुई जनाविरुद्ध जाहेरी दिएपछि अनुसन्धान भइरहेको जानकारी दिए । अहिले प्रहरीले पनि बेपत्ता किशोरीको तस्वीर सार्वजनिक गरेर खोजीका लागि अपिल गरेको छ । १८ दिन बितिसक्दा समेत अस्मिताको अवस्थाबारे खुल्न नसकेको थापाले बताए । परिवारजनले खोजीका लागि अपिल गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क