इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी मुख्य चोकमा भएको दुर्घटनामा भोजपुरका रामचन्द्र श्रेष्ठको निधन

इटहरी | इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्री रामचन्द्र श्रेष्ठको निधन भएको छ। आज दिउँसो सवा एक बजेतिर इटहरीको मुख्य चोकमा ट्रकले ठक्कर दिँदा श्रेष्ठको निधन भएको हो।

मुख्य चोकमा पूर्वबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२९४नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका १४का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

ट्रक चालक धरान १३का ४५ बर्षीय गोविन्द बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक बेलबारी प्रहरीको नियन्त्रणमा छ।

पूर्वबाट बिराटनगरलाईन तर्फजाँदै गरेको साइकललाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क