इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी वडा नम्बर ९ मा एक जना व्यक्ति मृत फेला

सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थीत दक्षीणकाली मन्दिर परिसरमा एक जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । अन्धाजी ४०/४२ वर्षका नाम, थर, ठेगाना नखुलेका व्यक्ति सो ठाउँमा मृत भेटिएका हुन् । उनको साथमा एउटा झोला फेला परेकाे छ । झोला भित्र भुल तन्ना, चप्पल छन्। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक कैलाश चौधरीले झाेला भित्रका सामान हेर्दा मागेर जीविकोपार्जन गर्ने सडक मानव हुन सक्ने बताए । मृत शवलाई वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापा, प्रहरी निरिक्षक कैलाश चौधरी र स्थानीयको रोहबरमा मुचुल्का उठाई इटहरी उपमहानगरपालिकाको शव वहानमार्फत पोष्माटमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पाठाइएको छ । मृतकको अनुसन्धान भइरहेको र पोष्माटमपछि मात्र थप जानकारी प्राप्त हुने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक कैलाश चौधरीले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क