इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २ को माइती नेपालले महिलाहरूलाई तालिम सिकाएर नयाँ जीवन दिदै

सुनसरी / इटहरी २ को माइती नेपालले महिलाहरूलाई सिलाई कटाई इरिक्सा तालिम ब्युटी पार्लर तालिम जस्ता विभिन्न सिप सिकाएर नयाँ जीवन दिदै आएको छ । इटहरी २ बरगाछिमा रहेको माइती नेपाल परामर्श तथा पुनस्थार्पना गृहले समस्या परेका महिलाहरूलाई उद्वार गरेर आर्थिक रूपले विपन्न महिलाका लागि आत्म निर्भरका कार्यक्रम सञ्चालन गर्दै आएको छ । माइतीले महिलाको हक हितमा विगत लामो समय देखि क्रियाशिल माइती नेपालले समस्या परेका महिलाहरूलाई उद्दार गरि स्वरोजगारीमा जोड दिदै आएको छ । सन् २००२ मा स्थापना भएको माइती नेपाल इटहरीले अहिलेसम्म ३२ सौँ पटक तालिम सञ्चालन गरिरहेको छ । जसमा यसपटक ९ जना महिलाहरू सहभागी छन् । तालिममा सहभागी महिलाहरूले उसुकताका साथ सीप सिकि रहेका छन् । माइती नेपाल इटहरीको तथ्यांकअनुसार सन् २००२ यता अहिलेसम्म ५६२ जना महिलाहरूलाई विभिन्न विधाको तालिम लिएर आत्मनिर्भर भनेका छन् । आर्थिक रूपमा विपन्न र महिला हिंसामा परेर उद्वार गरिएका महिलाहरूलाई माइती नेपालले सिलाई कटाई इरिक्सा तालिम ब्युटी पार्लर जस्ता विषयमा सक्षम बनाएर आत्मनिर्भर बनाउदै आएको छ । केही समय अघि इरिक्सा तालिम ६ महिलाहरूलाई सिकाईसकेको छ । घरेलु सँग समन्वय गरेर यो पटक ३ महिने कटिङ तालिमा ७ दिनको उद्यमशिलता तालिम दिने र यहीँ असार पहिलो हप्ता ७ दिनको तालिम दिने तयारी रहेको इटहरी २ माइती नेपालकी कार्यक्रम संयोजक सुनिता कार्किले बताउनु भयो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क