इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी ३ मा उमेश सुवेदी सहित नेकपा एमालेको प्यानलै विजयी

सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर-३ को वडाध्यक्षमा ९६८ मत ल्याएर नेकपा एमालेका उमेश सुवेदी प्यानलसहित विजयी भएका छन् । शिक्षण छाडेर राजनीतिमा होमिएका सुवेदीले लोकप्रिय मत ल्याइरहँदा निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार तुला लिम्बुले ८६१ मत पाए । लिम्बु काँग्रेसबाट टिकट नपाएपछि बागी उठेका हुन् । विष्टले दोस्रो पटक पनि वडाध्यक्षको टिकटमा दावी गरेपछि स्थानीय स्तरमा लोकप्रिय लिम्बु स्वतन्त्र उठेका थिए । निःवर्तमान वडाध्यक्ष बालकृष्ण विष्ट ७३६ भोट ल्याएर तेस्रो बने । यता, खुल्ला वडा सदस्यमा ११४९ मत ल्याएर टिकाराम तामाङ र ११८१ मत ल्याएर दिपेन्द्र लिम्बु विजयी भएका छन् । उनिहरु दुवै नेकपा एमालेका उम्मेदवार हुन् । यता महिला सदस्यमा पनि एमालेकै पवित्रा कोइराला १२०० र दलित महिला सदस्यमा मिना रसाइली ११८३ मत ल्याएर विजयी भएका छन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता