इन्फो नेपाल — सञ्चारको सञ्जाल

इलामको दुई ठाउँमा आगलागी हुदाँ ६७ लाख बराबरको क्षति

सुनसरी : हिजो बिहीबार इलामको देउमाई नगरपालिका माङ्सेबुङ गाउँपालिकाको दुई घरमा विद्युत सर्ट भई आगलागी हुँदा ६७ लाख बराबरको क्षति भएको छ । देउमाई नगरपालिका- २ महभिरका चन्द्र प्रसाद पौडेलको घरमा आगलागी हुँदा ६१ लाख रूपियाँ बराबरको क्षति भएको प्रदेश नम्बर १ प्रहरी कार्यलय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी ) नवीनराज राई अनुसार पसल दुग्ध डेरि लगायता रहेको दुई तल्ले घरमा आगलागी भएको थियो । आगलागिबाट ढुंगा, माटो, काठ र टिनले बनेको दुई तले घर सहित नगद र सरसामान जलेर नष्ट हुँदा ६१ लाख ५ हजार ५सय बराबरको क्षती भएको छ । आगलागी हुँदा घरमा रहेको १० तोला सुन पाँच लाख नगद , पसलका सामग्री जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयले राति ९ बजे पछि आगो नियन्त्रण भएको छ । माङ्सेबुङ गाउँपालिका- २ भोटेडाँडामा रहेको अर्को एक घरमा आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ र आगलागीबाट घर र त्यहाँ रहेको पसलमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क