इन्फो नेपाल — सञ्चारको सञ्जाल

उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सभित्र जब यात्रु रुन थालिन्…

काठमाडौं: भारतको बैंग्लुरुका लागि उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सकाे जहाजमा रहेकी एक महिला यात्रु रुन थालेपछि उनलाई ओरालिएकाे छ । जहाज उड्नुअघि रुवावासी गर्दै ओर्लिने भनेपछि ती महिला यात्रुलाई ओरालिएकाे त्रिभुवन विमानस्थलस्थित टीडीओ कार्यालयले जनाएकाे छ । ती महिला यात्रुलाई ओरालिए लगत्तै सबै यात्रुहरुलाई पनि ओरालिएर एक घण्टा ढिलो गरी जहाज उडाइएको हाे । आरए २२५ उडानमा रहेकी ती महिला यात्रु रोएपछि शनिबार दिउँसो २ बजे उड्नुपर्ने उक्त विमान एक घण्टा डिले गरी उडेकाे थियाे । कार्यालयका अनुसार महिला रुन थालेपछि सबै ११७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिएको थियो । उडान नियम अनुसार उड्ने बेला कोही यात्रुले जहाजभित्रै यसैगरी जान इन्कार गरेमा सबै यात्रुलाई ओरालेर जहाज जाँच गरेर मात्रै यात्रा गराइने टीडीओ कार्यालयले जनाएको छ । ती महिलाकाे भने उडान रद्द गरी ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ । उनले घरमा कोही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको कारण दिएकी छन्

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क