सुनसरी : उदयपुरमा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको अटोबाट लडेर २२ वर्षीया युवतीको मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर - ९ स्थित गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको प्र–२–०१–००१ ह ०३८१ नम्बरको अटोमा सवार त्रियुगा नगरपालिका वडा नम्बर - ७ मा बस्ने २२ वर्षीया कमला खतिवडा अटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरलृ जनाएको छ ।
आफ्नो डकुमेन्ट अटोबाट झरेकोले खतिवडा गुडिरहेको अटोबाट अचानक झरेको कारण लडेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।
अटो चालक प्रहरीले नियन्त्रणमा लिएर।घटनाको विषयमा थप अनुसन्धान भईरएको प्रहरीले जनाएको छ । अटो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…