इन्फो नेपाल — सञ्चारको सञ्जाल

उदयपुरमा गुडीरहेको हायस गाडीको पांग्रा खुस्कीएर दुर्घटना, दशैं मनाउन हिडेका १८ यात्रु घाइते

सुनसरी / उदयपुरमा सवारी दुर्घटना हुँदा डेढदर्जन घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अधेरी जंगल नजिकै दशैं मनाउन घरतिर जाँदै गरेको यात्रु सवार हायस गाडी दुर्घटना हुँदा ८ वर्षीया एक बालिका सहित १८ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार अन्दाजी दिउँसो १ बजे काठमाडौंबाट झापातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१ ००४ क २०७६ नम्बरको हायस गाडी पछाडीको बाँया टायर खुस्कीएर अनियन्त्रित भएपछि दुर्घटना भएको हो । गाडी नियन्त्रण गुमाएर सडकबाट ५ मिटर बायाँतर्फ रहेको रुखमा ठोकिएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक विद्यालालकुमार साहले उपहारन्यूजलाई जानकारी दिए । दुर्घटनालगतै जिप्रका र अस्थायी प्रहरी पोष्ट संगमचोकबाट प्रहरी उद्धारका लागि घटनास्थल पुगेको थियो । उनीहरुलाई लगतै उपचारका लागि बोक्सेस्थित उदयपुर जिल्ला अस्पताल पठाइएको छ । संगमचोक अस्थायी प्रहरी पोस्टबाट ४ किलोमिटर दूरीमा रहेको सो घटनास्थलबाट झापा मेचीनगर नगरपालिका वडा नम्बर १० का १२ वर्षीय बालक संयम कार्कीदेखि पाँचथर फिदिम गाउँपालिकाका वडा नम्बर ६ का ७२ वर्षीय बृद्ध बलवीर विकलसम्मको उद्धार गरिएको छ । सिन्धुली सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय चालक सागर ठाकुरीको टाउँकोमा गम्भीर चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् । उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि मोरङको बिराटनगरस्थित न्युरो हस्पीटल रेफर गरिएको छ । ईलाम सुर्यदय नगरपालिका ९ का ४० वर्षीया रेणुका गौतामको नाकमा चोट लागेको छ । उनको अवस्थामा भने सामान्य छ । रेणुकाकी १५ वर्षीय छोरा अनुपम आचार्य हात र अनुहारमा चोट लागे पनि अवस्था सामान्य छ । झापा शिवसतासि नगरपालिका १ का ३० वर्षीय निर्देश भट्टराईको दाहिने हात, अनुहारमा चोट लागेको छ । उनको अवस्था बोल्न सक्ने छ भने उनको बहिनी १४ वर्षीया निकिता भट्टराईको हात खुट्टामा सामान्य चोट देखिएको छ । सुनसरी बराह्रक्षेत्र नगरपालिका ५ बस्ने ३९ वर्षीय भीमकुमार खत्रीको दाहिने हात र छातीमा चोट लागेको छ । उनको अवस्थामा पनि बोल्न सक्ने रहेको उदयपुर प्रहरीले जनाएको छ । झापा मेची नगरपालिका वडा नम्बर १० धुलावारीकी ३९ वर्षीया भारती कार्कीको दाहिने खुट्टामा चोट लागेको छ । दुर्घटना भएको गाडीमा सवार १२ वर्षीय बालक संयम कार्की भारतीका छोरा हुन् । मोरङ पथरी नगरपालिकाका १४ वर्षीय निरज निरौलाको दाहिने खुट्टामा चोट लागेको छ । ललितपुर गोदावारी नगरपालिका ११ बस्ने ४७ वर्षीय बिजय तामाङको दुबै हात, दाहिने खुट्टामा चोट लागेको छ । पाँचथर फिदिम नपा ६ का ७२ वर्षीय बलवीर विकको खुट्टा र अनुहारमा चोट लागेको छ । बृद्धा विकको अवस्था गम्भीर रहेकाले उपचारका लागि बिराटनगर पठाइएको छ । धनकुटा नगरपालिका ७ हुलाकटोलका ४७ वर्षीय रजित श्रेष्ठको बाँया खुट्टामा चोट लागेको छ । कन्चपुर भिमदत्त नगरपालिका १० का ३४ मुकेश चनको बाया हात, खुट्टामा चोट लागेको छ । झापा धुलाबारीका २७ वर्षीया अन्जु पोख्रेलको बाया हात, खुट्टामा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेकी छन् । धनकुटा साँगुरीगढी गाउँपालिका ६ का १८ वर्षीय रोशन राईको दुबै खुट्टामा चोट लागेको छ । सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने ३० वर्षीय बिनोद राईको अनुहारमा चोट लागेको छ । झापा कंकाई नगरपालिका ४ बस्ने ३४ वर्षीय प्रनिश श्रेष्ठको दुबै खुट्टामा चोट लागेको छ । त्यस्तै भक्तपुर सुर्यविनाय नगरपालिकाका देवी दाहालको छोरी ८ वर्षीया आरध्या दाहाल खुट्टा र निधारमा चोट देखिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क